logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मदन पुरस्कारका लागि उत्कृष्ट ९ पुस्तक छनोट


अंकुरण खबर
2.782K
Shares

मदन पुरस्कार-२०७७ को लागि ९ पुस्तक श्रेष्ठ सूचीमा परेका छन् ।

मदन पुरस्कार गुठीले शुक्रबार ९ पुस्तकको सूची सार्वजनिक गर्दै यीनैमध्येबाट एक पुस्तकले मदन पुरस्कार पाउने जनाएको हो ।

गुठीका अनुसार सूची तयार पार्ने जिम्मा दिइएको समितिले सिफारिस गरेअनुसार यसपटकको श्रेष्ठ सूचीमा गिरि श्रीष मगरको एकलव्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्पग्रन्थ, भैरवबहादुर थापा नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गो, केशव दाहालको मोक्षभूमि, जेसन कुँवरको रमिते र भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह परेका छन् ।

यीमध्ये एक कृतिलाई ४ लाख राशीको मदन पुरस्कारबाट सम्मान गरिनेछ ।