पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जसमध्ये काठमाडौं जिल्लामा ५ सय ५६ जना, ललितपुरका १ सय ८७ र भक्तपुरका ७६ जनामा संक्रमण पुष्टि भएको छ।
थपिएको सहित काठमाडौं उपत्याकामा सक्रिय संक्रमितको संख्या ८ हजार ५ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल देशभर होम आइसोलेसनमा २७ हजार ८ सय २० र संस्थागत आइसोलेसनमा ३ हजार १ सय ९४ जना छन्। अहिले आइसियुमा ६ सय ८६ र भेन्टिलेटरमा १ सय ६१ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।