कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ भने एक जना बालिका बेपत्ता भएकी छन् ।
जिल्लाको भजनी नगरपालिका वडा नं. ९ को डोमपुरस्थित कन्द्रा नदीमा नुहाउने क्रममा डुबेका दुई बालबालिका मृत अवस्थामा फेला परेका छन् भने एक जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा धन बहादुर सिंहकी छोरी ९ वर्षीया लक्ष्मी सिंह र राम फल चौधरीका ७ वर्षीय छोरी जानु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय
कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । बेपत्ता ६ वर्षीया अनु सिंहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।