logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चैत मसान्तभित्र सबै नेपालीलाई खोप, तेश्रो लहरका लागि अक्सिजन तयारी अवस्थामा


अंकुरण खबर
715
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले खोप पाउने जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले चैत मसान्तभित्र खोप लगाइसक्ने गरी सरकारले खोपको व्यवस्थापन गरिरहेको जानकारी दिएको हो । मन्त्रालयका अनुसार नेपाललाई आवश्यक थप खोपका लागि चीनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता प्रक्रिया अघि बढिसकेको छ ।

साथै कोभ्याक्स सुविधामार्फत् जापान सरकारले अनुदानमा दिने १६ लाख र भारतबाट खरिद गरी बाँकी रहेको १० लाख डोज खोप प्राप्त हुँदा असोजभित्र एक करोड ८३ लाख ८२ हजार ८५० डोज खोप प्राप्त हुने मन्त्रालयको भनाइ छ ।

यसैगरी, कोभ्याक्सबाट लागत सहभागितामा खरिद गरी डेढ करोड डोज खोप र १२ वर्षमाथिका बालबालिकालाई ६० लाख डोज फाइजरको खोपका लागि सकारात्मक रूपमा प्रक्रिया अगाडि बढिरहेको मन्त्रालयले बिज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तै, गाभी कोभ्याक्सबाट निशुल्क २० प्रतिशत जनसंख्याका लागि प्राप्त हुने एक करोड १३ लाख डोज पनि प्राप्त भएपछि आगाी चैत मसान्तसम्म खोप सबै नेपालीहरूले खोप पाउने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना संक्रमणको तेस्रो लहरको सम्भाव्य जोखिमलाई मध्यनजर गर्दै अस्पतालहरुमा बेड थपिएको र देशभरका सरकारी अस्पतालमा २ हजार ७५ र निजी अस्पतालमा ७ सय ७८ एचडियु बेड थप गरिएको मन्त्रालयका प्रवक्ता डा। कृष्ण प्रसाद पौडेलले बताएका छन् ।

कोरोनाको दोस्रो लहर तिब्र हुँदा अक्सिजनको अभाव भएकाले त्यो अवस्था दोहोरिन नदिन यसपटक अक्सिजन तयारी अवस्थामा राखिएको मन्त्रालयको दाबी छ ।