logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देउवा र दाहालबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल


अंकुरण खबर
936
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच भेटवार्ता भएको हो। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार दुई नेताबीच मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको छ।

सरकार गठन भएको १८ दिन बितिसक्दा सम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। सोही विाष्यमा छलफल गर्न दाहाल देउवालाई भेट्न बालुवाटार पुगेका थिए।

मन्त्रालयको बाँडफाँडसँगै सत्ता सञ्चालनका अन्य विषयमा छलफल भएको बालुवाटार स्रोतको दाबी छ। मन्त्रिपरिषद्मा देउवासहित कांग्रेसका चार र माओवादी केन्द्रका दुई मन्त्री रहेका छन्।