पछिल्लो २४ घण्टामा ३१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
९२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २२८० र ४२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३१०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ ।
यस्तै, आज १९१६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।