logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा एमालेको स्थायी कमिटी बैठक एजेण्डामा प्रवेश नै नगरि स्थगित


अंकुरण खबर
923
Shares

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

शनिबार अपरान्ह ३ बजेका लागि बोलाइएको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो ।

माधवकुमार नेपाल पक्षीय नेताहरूको आग्रहमा बैठक स्थगित भएको बताइएको छ । नेताहरुले पार्टी एकताको प्रयास अझै जारी रहेको भन्दै बैठक स्थगित गर्न आग्रह गरेका थिए । सोही अनुसार आइतबारसम्मका लागि बैठक स्थगित भएको हो ।

यस शनिवार नै काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा वरिष्ठ नेता नेपाल लगायतलाई कुनै स्थान नरहेको बताएका थिए । यस्तै एकताको प्रयासस्वरुप शनिवार अपरान्ह सिंहदरवारमा बसेको विघटित कार्र्यदलका नेताहरुको बैठक पनि विना निष्कर्ष टुङ्गिएको थियो ।