logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महाकालीमा तुइन काटिएको घटनामा अनुसन्धान भइरहेको छ : गृहमन्त्रालय


अंकुरण खबर
1.794K
Shares

गृहमन्त्रालयले दार्चुलाको व्यास गाउँपालिकास्थित महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर एक युवक बेपत्ता भएको घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

मन्त्रालयले शुक्रबार व्यास-२ खाङदाङ मालघाटमा तुइन प्रयोग गरेर भारत हुँदै सदरमुकाम खलंगा आउने क्रममा एसएसबीले तुइन काटीदिँदा जयसिंह धामी बेपत्ता भएको घटनामा छानबिन भइरहेको बताएको हो।

शनिबार साँझ मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणी पोखरेलले एक विज्ञप्ति जारी गर्दै यससम्बन्धमा आएका समाचार तथा सामाजिक सञ्जालहरुमा प्रकाशित सूचनारसमाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएकोसमेत बताएका छन्।

साथै उनले घटनाप्रति दुःख व्यक्त गर्दै स्थानीय प्रशासन एवं सुरक्षा निकायहरुलाई घटनाको वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइसकेको छन्। घटनाको वास्तविकता सत्यतथ्य जानकारी तथा खोज उद्धारका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली घटनास्थलमा परिचालन भएर आवश्यक जाँचबुझको काम भइरहेको पनि उल्लेख गरेका छन्।

No description available.