सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आएको छ। शनिबार राति आएको बाढीले मेलम्ची बजारमा बांकी रहेका केही भौतिक संरचनामा क्षति पुगेको छ।
रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गएराति १२ः४० मा भवन ढलेर बगाएको जानकारी दिए।
यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो। तर त्यतिबेला बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन।
बाढी फेरि बढेकोले नदी किनारमा बसोवास गर्दै आएकालाई सुरक्षित स्थान तर्फ जान भनिएको छ । प्रहरी चौकीमा समेत विस्थापित भएको बताइएको छ । मध्यरातमा आएको बाढीले गरेको थप क्षतिको विवरण आएको छैन। मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ।