कर्णालीमा डुंगा पल्टिँदाकर्णाली नदीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन्। पाँचजना पौडेर किनारमा उत्रिएको र दुई जनाको घाइते अवस्थामा उद्धार गरिएको कैलाली प्रहरीले जनाएको छ ।
कैलालीको मोहन्याल गाउँपालिका-३ रागाँमलेखास्थित कर्णाली नदीमा आइतबार डुंगा पल्टिँदा २२ वर्षीया धनसरी सलामीको मृत्यु भएको हो ।
यस्तै, २० वर्षीया पार्वती थापा, २२ वर्षीया उर्मिला सलामीसँगै १० दिनको बच्चा बेपत्ता भएको जिल्ला प्रहरीले जनाएको छ।
बच्चालाई खोप लगाउन भनी सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्यचौकी जाने क्रममा कर्णाली तर्दा डुंगा पल्टिएको जनाइएको छ। कैलाली प्रहरीका अनुसार बेपत्ताको खोजी भइरहेको छ।