logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज मात्रै करिब दुई लाखले लगाए कोभिडविरुद्धको खोप


अंकुरण खबर
1.157K
Shares

आज आइतबार मात्रै करिब दुई लाखले कोरोना विरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा एक लाख ९५ हजार १३२ जनाले खोप लगाएका  हुन्।

पछिल्लो समय नेपालमा कोभिड विरुद्धको पहिलो र दोस्रो मात्रा भेरोसेलको खोप लगाउन थालिएको छ । मन्त्रालयका अनुसार नेपालमा कोभिड विरुद्धको दुवै मात्रा पूरा गरेका १८ लाख १३ हजार ४७१ छन् । पहिलो मात्रा मात्रै लगाएका ४० लाख ६४ हजार २८८ जना छन् । केही साताअघि अमेरिकाबाट ल्याइएको जोनसन एण्ड जोसनसको जान्सिन खोप पनि लगाउन थालिएको छ ।

जान्सिन खोप कुल ६ लाख २७ हजार ७३८ जनाले लगाएका छन् । त्यसैगरी भेरोसेल पहिलो मात्रा २२ लाख ३५ हजार ८०४ र दोस्रो मात्रा सात लाख २५ हजार ४२५ जनाले लगाएका छन् । कोभिसिल्डको पहिलो मात्रा लगाउनेको संख्या १३ लाख ६८ हजार १७६ र दोस्रो मात्रा लगाउनेको संख्या चार लाख ६० हजार ३०८ जना छ ।

मुलुकमा कोभिडविरुद्धको चार वटा खोपले मान्यता पाएको छ । भारतको कोभिसिल्ड,चीनको भेरोसेल र अमेरिकाको जान्सिन खोपले मान्यता पाएको हो ।