अर्घाखाँचीमा आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ती पुरुषलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पाणेनी गाउँपालिका-८ बस्ने ४८ वर्षीय पुरुष रहेका प्रहरीले जनाएको छ ।
आफ्नै घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।