सरकारमा सहभागिताका लागि मन्त्री छनोट गर्न नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्न लागेको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न ३ बजे स्थायी कमिटी बैठक बोलाएका हुन्। आइतबार पनि स्थायी कमिटी बैठक बसेको थियो।
त्यसमा सामान्य छलफल भएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवासँग थप छलफल गर्नुपर्ने जनाउँदै आइतबारको बैठक स्थगित भएको थियो।
अहिले माओवादीबाट पम्फा भुसाल र जनार्दन शर्मा सरकारमा सहभागी छन्। आज थप पाँच मन्त्री छनोट गरिने जनाइएको छ।