logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नक्कली वेबसाइट बनाएर यात्रा अनुमति दिएपछि यूएईले दक्षिण एशियाली मुलुकका यात्रुमाथि बढायो निगरानी


अंकुरण खबर
702
Shares

यूएईले दक्षिण एशियाली मुलुकका यात्रुमाथि कडा निगरानी बढाएको छ ।

उडान प्रतिबन्ध लगाएको अवस्थामा पनि भारतमा आफ्नो दूतावासको नक्कली वेबसाइट बनाइ सःशुल्क यात्रा अनुमति जारी गरेको पाइएपछि यूएईले दक्षिण एशियाली यात्रुहरु माथि निगरानी बढाएको हो ।

भारतमा यूएई दूतावासको नक्कली वेबसाइट बनाएर यात्रा अनुमति जारी गरिएको र त्यसको नाममा ठूलो आर्थिक अपचलन ‘काण्ड’ रचिएको खालिज टाइम्सले जनाएको छ ।

भारतस्थित यूएई दूतावासको नक्कली काजगात पेश गरी प्रवेश गरेका ८ जना यात्रु यूएईको एक होटलमा फेला परेको भन्दै उक्त अनलाइनले त्यस्ता नक्कली काजगात भएका यात्रुहरु यूएईको ग्रीन लिष्टमा रहेका माल्दिभ्स तथा कतारको दोहालाई ट्रान्जिट बनाएर यूएई प्रवेश गर्ने गरेको दाबी गरेको छ ।

यूएईले नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाबाट यात्रा गर्नेहरुलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लागेका कारण दक्षिण एसियाली देशहरुमा फसेका यूएईका आवासीय अनुमति भएका बासिन्दाहरुलाई यूएई प्रवेश गर्न कठिन भएको छ ।