सप्तरीस्थित प्रसिद्ध छिन्नमस्ता देवीको मूर्तीबाट चोरिएको चाँदीको मुकुट भेटिएको छ।
मुकुटसँगै चोरी गर्ने व्यक्ति पनि पक्राउ परेका छन्। मुकुट सोमबार बिहान विष्णुपुर गाउँपालिका ५ बाट मुकुट फेला परेको सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले बताए।
मुकुट बोकेको मान्छे गाउँ घुमिरहेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेको थियो। त्यसपछि गएको प्रहरी टोलीले मुकुटसहित युवकलाई नियन्त्रणमा लिएको एसपी धमलाले बताए।
आइतबार छिन्नमस्ता गाउँपालिका–३ स्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको मूर्तीबाट मुकुट चोरी भएको थियो। त्यसपछि सीमा नाकासमेत बन्द गरी खोजबिन थालिएको थियो।
मुकुटसहित पक्राउ परेका व्यक्ति मानसिक सन्तुल गुमाएको व्यक्ति भएको जनाइएको छ।