logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा ३ हजार १२५ जना कोभिड संक्रमित, २३ जनाको मृत्यु


अंकुरण खबर
650
Shares

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जना कोभिड संक्रमित थपिएका छन् ।

योसँगै संक्रमितको संख्या सात लाख ६२ हजार ४३२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ८११ वटा नमूना परीक्षण गरिएको थियो ।

मन्त्रालयले थप २३ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ९ हजार ८९८ पुगेको जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ९२५ जना संक्रमणमुक्त भएका हुन् ।  योसँग हालसम्म ६ लाख ५८ हजार १२२ जना संक्रमणमुक्त भएका छन् ।