logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

करेन्ट लागेर एकजनाको मृत्यु


अंकुरण खबर
1.248K
Shares

करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका–३ भाँसीस्थित नीलकमल मोटर ग्यारेजमा वेल्डिङको काम गर्ने वेदकोट नगरपालिका–५ धर्मपुर बस्ने २८ वर्षीय राजेन्द्र डगौराको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको हो ।

उक्त ग्यारेजमा वेल्डिङका क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।