सरकारले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी गरेको छ ।
सोमबार बसेको काठमाण्डौ जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले उपत्यकामा खुकुलो निषेधाज्ञासँगै कोरोना संक्रमण फैलिन थालेपछि थप कडाइका साथ निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले मंगलवारदेखि नै अनुगमन थाल्दै सार्वजनिक स्थानमा भीडभाड गर्ने र मास्क नलगाउनेलाई जरिवाना तथा कानूनी कार्वाही गरिने जानकारी दिए ।
बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति पनि गठन गरेको छ । गठन भएको समितिले भोलिदेखि नै काठमाडौं उपत्यकाको सार्वजनिक क्षेत्रहरुको अनुगमन गर्नेछ ।
वैशाख १६ देखि जारी निषेधाज्ञा साउन २० गते मध्यरातमा सकिँदैछ ।