logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चट्याङ लागेर बैतडीमा नौ वर्षीय बालकको मृत्यु


अंकुरण खबर
897
Shares

बैतडीमा चट्याङ लागेर एक जना बालकको ज्यान गएको छ।

दशरथचन्द नगरपालिका–९ मङरुका नौ वर्षीय भरतराम कोलीको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार सोमबार साँझ करिब ७ बजेतिर घर नजिकै रहेको पधेरोमा पानी भर्न गएका बेला चट्याङ परेको थियो।

चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।