logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच भेटवार्ता


अंकुरण खबर
702
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

आन्तरिक एकताको प्रयासमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ताको तयारी भइरहँदा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो।

प्रचण्ड र नेपाल दुवैको सचिवालयका अनुसार उनीहरुबीच मंगलबार बिहान भेटवार्ता भएको हो। ओली र नेपालबीच भेटवार्ता भएको समय र स्थान भने खुलाइएको छैन।

एमाले दोस्रो तहका नेताहरुको प्रयासपछि ओलीसँग भेटवार्ता गर्न नेपाल सहमत भएका थिए।

सोमबार बसेको दुवै पक्षका स्थायी कमिटी बैठकमा पनि यस विषयमा छलफल भएको जनाएको छ। नेपाल पक्षको स्थायी कमिटी बैठकले एकताका लागि पहल गर्ने निष्कर्ष निकालेको थियो।

त्यस्तै, अध्यक्ष ओलीले राखेको स्थायी कमिटी बैठकले विभाग गठन गरेको भए पनि नेपाल पक्षका लागि ठाउँ खाली राखेको छ।