logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से ऐतिहासिक विन्दुमा, ११ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार


अंकुरण खबर
2.795K
Shares

नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबारले आज (मंगलबार) कीर्तिमान विन्दु पार गरेको छ ।

हिजो अस्ति सामान्य अंकले बढेको नेप्से आज २६ दशमलब २ अंकले बढेर तीन हजार एक सय ११ दशमलब नौ विन्दुमा पुगेको हो । आज ११ अर्ब ५२ करोड ९२ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार, आज कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरु पाँचथर पावर कम्पनी, रुरु जलविद्युत परियोजना, जीवन विकास लघुवित्त वित्तीय संस्था, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रो लिमिटेड, लिवर्टी इनर्जी कम्पनी र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाहरु रहेका छन् ।
यस्तै, आज युनिलिभर नेपालको शेयरमूल्य भने घटेको छ । जसको शेयरमूल्य चार प्रतिशतले घटेको हो ।

कारोबारको आधारमा भने आज सबैभन्दा बढी अपी पावर कम्पनी रहेको छ । जसको ४६ करोड ८२ लाख रुपैयाँ बढीको किनबेच भएको छ ।