logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा सभा सम्मेलन नगर्न प्रशासनको अपिल


अंकुरण खबर
858
Shares

पछिल्ला केही दिनयता कोभिड–१९ को सङ्क्रमणदर बढरिहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ।

प्रशासनले आज सूचना जारी गर्दै कोरोना सङ्क्रमणको उच्च जोखिम रहेका अवस्थामा पनि सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्यालीजस्ता गतिविधि भइरहेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको हो।

भीडभाडजन्य गतिविधिले सङ्क्रमणदर अझै बढ्ने र तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्डविपरीत गतिविधि नगर्न प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी सूचनामा भनिएको छ।

सो सूचनामा भनिएको छ, “जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लङ्घन गरी भीडभाडजन्य गतिविधि गरेरगराइएको पाइएमा प्रचलित कानूनबमोजिम कडा कारवाही हुनेछ।”

पछिल्लो समय सङ्क्रमणदर बढ्दै गएपछि अस्पतालहरुमा आइसीयू, भेन्टिलेटरजस्ता आकस्मिक सेवामा शय्या भरिन थालेको भन्दै त्यसलाई बढ्न नदिन सबै पक्ष र समुदाय उत्तिकै जिम्मेवार हुनुपर्ने पनि सूचनामा भनिएको छ।