logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन


अंकुरण खबर
5.33K
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।

हाल प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य छन् ।

मंगलबार ऊर्जामन्त्री भुसालले प्रधानमन्त्री देउवालाई भेटेर शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री देउवालाई ब्रिफिङ गरेकी थिइन् ।

त्यसपछि देउवाले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका थिए ।

एमाले अध्यक्ष केपी ओलीको सरकारको पालामा उनी प्राधिकरण प्रमुखबाट बिदा भएका थिए ।

‘उज्यालो अभियान’का प्रणेता घिसिङको नियुक्तिबाट प्राधिकरणले थप फड्को मार्ने माग केही दिनयता सामाजिक सञ्जालमा गरिँदै आएको थियो ।