हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ।
देशका अधिकांस भू–भागमा सामान्य बदली रही प्रदेश न १ र २ का एक–दुई स्थान तथा बागमती, गण्डकी र लुम्विनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ।
बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।