logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिलो डोज भेरोसेलको खोप लगाएकालाई दोस्रो डोज साउन २२ गतेदेखि


अंकुरण खबर
2.132K
Shares

भेरोसेलको पहिलो डोज लगाएका व्यक्तिहरुलाई साउन २२ गतेदेखि दोस्रो डोज लगाइने भएको छ ।

गत असार २९ मा पहिलो मात्रामा खोप लगाएकाले दोस्रो मात्रामा खोप लगाउन पाउने भएका हुन् । ५५ वर्ष वा सोभन्दा माथिका व्यक्तिले दोस्रो मात्राको खोप देशैभरबाट लगाउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पहिलो मात्राको खोप पाएको २१ दिन पुगेपछि दोस्रो मात्राको खोप लगाउन पाइने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ ।

यस्तै विदेश जानेहरूले कीर्तिपुरस्थित राष्ट्रिय आर्युवेदिक अनुसन्धान तथा तालिम केन्द्रबाट क्विआर कोडसहित खोप लगाउने व्यवस्था गरिएको विभागले जानकारी दिएको छ ।