logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हप्ताको चौथो दिन पनि शेयर बजार बढ्यो


अंकुरण खबर
806
Shares

हप्ताको चौथो दिन नेपाल स्टक एक्सचेञ्ज नेप्से कारोबारमा आज (बुधबार) दोहोरो अंकको वृद्धि भएको छ ।

आज नेप्से १२.०५ अंकले बढेर तीन हजार एक सय २३ दशमलब १५ विन्दुमा थामिएको हो । नेप्से कारोबारमा समेत वृद्धि भएर आज १५ अर्ब ५९ करोड ५७ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये ११ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमध्ये सात कम्पनीको शेयरमूल्यमा दश प्रतिशतले वृद्धि भएको छ । अन्यको शेयरमूल्य नौ प्रतिशत भन्दा बढी वृद्धि भएको छ ।

यस्तै, आज ङादी ग्रुप कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य झन्डै साढे पाँच प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा भने आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज ७९ करोड भन्दा बढीको किनबेच भएको छ ।