logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

झलनाथ खनालको मिर्गौला प्रत्यारोपण


अंकुरण खबर
923
Shares

नेकपा एमालेका नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ।

भारतको दिल्लीस्थित एपोलो अस्पतालमा सर्जन डा. सन्दीप गुलेरिया नेतृत्वको टिमले मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको हो।

अस्पतालमा केही समयदेखि डा. अखिल मिश्रको निगरानी तथा नेतृत्व उपचाररत खनालको आज (बुधबार) डा.गुलेरियाको टिमले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको खनालको सचिवालयले जनाएको छ।

खनालको फेसबुक पेजमार्फत् निजी सचिवालयले अब केही दिन अस्पतालमा रहेर आराम गर्ने र केही दिनमा स्वास्थ्य सामान्य भएपछि नेपाल फर्किने जनाएको छ।