logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निर्णय खारेज गर्न माग


अंकुरण खबर
1.963K
Shares

नेपाल प्रहरीका १४ पूर्वमहानिरीक्षक (आइजिपी) ले केपी ओली सरकारले गरेको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निर्णय खारेज गर्न माग गरेका छन्।

उनीहरूले बुधबार प्रधानमन्त्री देउवालाई बालुवाटारस्थित निवासमै भेटेर त्यस्तो माग गरेका हुन्।

पूर्ववर्ती ओली सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) काभ्रेको पनौती सार्ने निर्णय गरेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई हेलिप्याड बनाउन ठाउँ नपुगेको र एकेडेमीको तालिमले राष्ट्रपति कार्यालयलाई अवरोध पुर्याएको भन्दै सो निर्णय गरिएको थियो।

बहालवाला तथा लाखौं पूर्वप्रहरी कर्मचारीहरुको मनोबल एवं भावनामा प्रत्यक्ष कुठाराघात गर्ने गरी भएको सो निर्णय खारेज गर्नुपर्ने भन्दै उनीहरुले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्रसमेत बुझाए।