पछिल्ला केही दिनयता उपत्यकामा दैनिक हजारभन्दा कम संक्रमित बढ्दै आए पनि बुधबार भने बढेको छ ।
आज काठमाडौं उपत्यकामा १ हजार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये सबैभन्दा बढी संक्रमित काठमाडौंमा ९ सय ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी ललितपुरमा १ सय ६५ र भक्तपुरमा २ सय ६ जना रहेका छन्।