logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपा विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश


अंकुरण खबर
2.665K
Shares

पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसला खारेजीको माग गर्दै जसपा नेता महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।

अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्काल अन्तरिम नहुने आदेश जारी गरेको हो ।

सर्वोच्चले जसपा अध्यक्ष उपेन्द्र यादवसहित अन्य विपक्षीहरुलाई लिखित जवाफसहित उपस्थित हुन भनेको छ । दुवै पक्ष उपस्थित भएपछि अन्तरिम आदेशका बारेमा निर्णय हुने सर्वोच्चले जनाएको छ ।

सर्वोच्चले तत्काल अन्तरिम आदेश जारी नगरेपछि ठाकुर पक्षको जसपा मोहमा पनि धक्का लागेको छ । आधिकारिकताको सन्दर्भमा निर्वाचन आयोगले गरेको निर्णय खारेजीको मागदाबीसहित ठाकुरले साउन १५ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय जनता समाजवादी पार्टीको विधान विपरीत भएको दाबी गरिएको थियो ।