logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शनिबार र आइतबार जापानबाट ८ लाख डोज कोभिड खोप आउँदै


अंकुरण खबर
1.365K
Shares

जापानले आगामी शनिबार र आइतबार नेपालका लागि आठ लाख डोज कोभिड खोप नेपाल पठाउने भएको छ।

काठमाडौंस्थित जापानी दूतावासले बुधबार विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो । जापानमै बनेको एस्ट्रेजेनेका खोप नेपाल ल्याइन लागेको हो । जापानबाट नेपाल वायु सेवा निगमको विमानमार्फत खोप ल्याइने छ ।

जापानले नेपाललाई १६ लाख डोज खोप अनुदानका रूपमा दिँदैछ । त्यसमध्ये आधा हिस्सा आइतबारसम्म नेपाल आइसक्ने दूतावासले जनाएको छ ।

नेपालका लागि जापानी राजदूत किकुटा युताकाले उक्त खोपबाट नेपाललाई कोभिड–१९ विरुद्ध खोप अभियानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।