logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुवा खेलेको आरोपमा धनगढीबाट दुईजना पक्राउ


अंकुरण खबर
1.742K
Shares

प्रहरीले जुवा खेलेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

बुधबार धनगढी उपमहानगरपालिका-३ स्थित एएफसी कटेजका सञ्चालक ३७ वर्षीय सुरेन्द्र पाण्डे र गोदावरी नगरपालिका-२ का ४७ वर्षीय महेन्द्र भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो ।

सोमबार साँझ सोही कटेजमा जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोली पुगेपछि उनीहरु फरार भएको जिल्ला प्रहरी कार्यालयको दाबी छ ।

उनीहरुविरुद्ध जुवा शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको बताइएको छ । जुवाखालबाट फरार भएका अन्य ८ जनाको पनि खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।