जल तथा मौसम विज्ञान विभागले बिहीबार केही नदीहरुको जलस्तर बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
आगामी ३ दिनको मौसम बुलेटिन जारी गर्दै आज केही नदीहरुको जलस्तर बढ्न सक्ने जनाएको हो । बाढी पूर्वानुमान महाशाखाले आज बिहान नदीहरुको स्तर सामान्य अवस्थामा भए पनि आगामी २४ घन्टाभित्र केही नदीको बहाव बढ्न सक्ने जनाएको हो ।
महाकाली, कोशीको सहायक नदीहरु, विशेषगरी सुनकोशीमा बहाव बढ्ने महाशाखाको आंकलन छ ।
यसैगरी नारायणी, कर्णाली र यिनका सहायक नदीहरुको बहाव सामान्य घटबढ हुनसक्ने सम्भावना छ । प्रदेश नं.१, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लाका नदीहरुमा आकस्मिक बहाव बढ्न सक्ने विभागको आँकलन छ ।