गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परेर ट्याक्टर चालक रुरुक्षेत्र गाउँपालिका वडानम्बर-५ निवासी ३३ वर्षीय दीपक माझीको मृत्यु भएको हो ।
बुधबार राति जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर-६ तल्लो हटियामा लु३त ३९९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा सहचालक समान्य घाइते भएको प्रहरीले जनाएको छ ।