logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युवालाई डोरीले बाँधेर कुट्ने वडाअध्यक्ष पक्राउ


अंकुरण खबर
1.378K
Shares

युवालाई डोरीले बाँधेर कुट्ने वडाअध्यक्ष रामबहादुर नेपाली पक्राउ परेको छ ।

पक्राउ पर्नेमा जाजरकोटको जुनीचाँदे गाउँपालिका-२ का वडा अध्यक्षलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

उनले गत साउन १५ गते सोही स्थानका सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई घटनाका सन्दर्भमा सोधपुछका लागि सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ ।

सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीले १५ गते ती युवालाई कुटपिट गरेका थिए। कुटपिटपछि उनले प्रहरीको रोहबरमा आमाको जिम्मा लगाएको कागजात समेत गराएका थिए।

वडाध्यक्ष नेपालीले ती युवाले जाँडरक्सी खाएर वडा कार्यालयमा आएर ढुंगा प्रहार गरी केही मान्छेलाई घाइते बनाएको र अपशब्द बोलेकाले आफूले ढुंगा खोसेर फालेको दाबी गरेका थिए। तर भिडिओमा उनले निर्घात कुटपिट गरेको देखिन्छ।