पछिल्लो २४ घन्टामा ३ हजार ९ सय ३८ जना कोरोना संक्रमित थपिएका छन्।
११ हजार ८ सय ७० पिसिआर परीक्षणमा ३ हजार ७ जना र ६ हजार ५ सय ३८ एन्टिजेन परीक्षणमा ९ सय ३१ जना गरी सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०१२ रहेको छ भने ३७ जनाको मृत्यु भएको छ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय ९४ पुगेको छ।
यस्तै पछिल्लो २४ घन्टामा १ लाख १७ हजार ७७९ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।
हाल ३४ हजार ४२२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।