भोलि शुक्रबारदेखि गोकर्णेश्वर नगरपालिकामा भेरोसेलको दोस्रो डोज लगाइने भएको छ ।
कोरोना विरुद्धको भेरोसेलको पहिलो डोज लगाएर २१ दिन पूरा भएका नागरिकलाई दोस्रो डोज लगाइने नगरपालिकाले जनाएको छ ।
खोप बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म लगाइनेछ ।यसका लागि पहिलो डोज लगाएको खोप कार्ड लिई आफूलाई पायक पर्ने खोपकेन्द्रबाट खोप लिन सकिनेछ ।
नगरपालिकाले ६ वडामा खोपकेन्द्र तोकेको छ । ओर्खेनी माध्यमिक विद्यालय सुन्दरीजल, सहयोगी माध्यमिक विद्यालय गोकर्ण, गोकर्ण माध्यमिक विद्यालय नाम्गेल, चामुण्डा माध्यमिक विद्यालय नाम्गेल, चाल्स डार्विन एकेडेमी बञ्चरेडाँडा नयाँबस्ति र अरूणदेव माध्यमिक विद्यायल आरुबारीमा खोप लगाइने छ ।
खोप कार्यक्रम शुक्रबार २२ गतेदेखि २४ गते आइतबार सम्म चल्नेछ ।