logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज यी प्रदेशमा  भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


अंकुरण खबर
611
Shares

हाल मनसुनी वायुको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । आज दिउँसो प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका केही भागमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू– भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने महाशाखाले जनाएको छ ।

यस्तै, नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको  छ।