logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाका एक किशोर पक्राउ


अंकुरण खबर
663
Shares

पाल्पाको रैनादेवी गाउँपालिका २ सर्देवा बस्दै आएका एक किशोरलाई प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको छ।

४५ वर्षीया महिलालाई जबरजस्ती गरेको अभियोगमा १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो।

आफ्नै कोठामा सुतिरहेकी महिलालाई किशोरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सर्देवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।