logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपा ठाकुर पक्षको चार जिल्लामा विस्तारित बैठक बस्दै


अंकुरण खबर
845
Shares

जनता समाजवादी पार्टी ,नेपाल (जसपा) को महन्थ ठाकुर पक्षको चार वटा जिल्लामा विस्तारित बैठक आयोजना गरिएको छ।

ठाकुर पक्षको सप्तरी, सिराहा, महोत्तरी र बारा जिल्लामा आज विस्तारित बैठक आयोजना गरिएको हो । बैठकलाई सम्बोधन गर्न केन्द्रीय नेताहरु जिल्ला जाँदैछन् ।

सप्तरीमा राजेन्द्र महतो, केशव झा, वृषेश चन्द्र लाल र राजिव झा, सिरहामा अनिल कुमार झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया र जयनुल राइन, महोत्तरीमा महन्थ ठाकुर , शरतसिंह भण्डारी , निर्जला राउत, बरामा लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह र रमेश पटेलले विस्तारित बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।