logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


अंकुरण खबर
884
Shares

नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ।

आज ४ बजे पार्टी मुख्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाइएको हो।

सरकार सञ्चालन, पार्टीको केन्द्रीय कमिटी बैठकको तयारी, साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद् विस्तारका विषयमा बैठकमा छलफल हुनेछ।

कार्यदलले आज न्यूनतम कार्यक्रम शीर्ष नेतालाई बुझाएको थियो। उक्त कार्यक्रम शीर्ष नेताले अध्ययनपछि सार्वजनिक गर्दै छन्।

साझा न्यूनतम कार्यक्रम तयार भएपछि सरकार विस्तार गर्ने तयारी गरिएको थियो।