logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपाध्यक्षको ससुरा बित्दा गाउँपालिकाले दियो सार्वजनिक बिदा


अंकुरण खबर
2.548K
Shares

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाकी उपाध्यक्षको ससुराको निधनमा गाउँपालिकामा शोक बिदा दिइएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष गीतादेवि तिम्सिना गौतमकी ससुरा कृष्णप्रसाद गौतमको निधनमा गाउँपालिकामा शोक बिदा दिइएको हो ।

गाउँपालिकाकी उपाध्यक्षकी ससुराको हिजो बिहीवार राति निधन भएको र आज शुक्रवार गाउँपालिकामा शोक विदा दिइएको हो ।

यसरी जनप्रतिनिधिका नजिकका व्यक्तिको निधनमा पालिकामा बिदा दिइँदै आएको निर्णयको विरोध हुँदै आए पनि यो क्रम रोकिएको छैन ।