logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बोर्ड बैठक बस्दै


अंकुरण खबर
897
Shares

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको छ।

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु गर्ने तालिका रहेको छ। परीक्षामा चार लाख विद्यार्थी सहभागी हुनेछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षा स्थगित गर्न शुक्रबार सिफारिश गरेको छ। त्यसकै आधारमा आज निर्णय गर्न बैठक बस्न लागेको बोर्डले जनाएको छ।

यसअघि जेठ २६ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा कोरोनाका कारण स्थगित गरिएको थियो। कोरोना कम भएपछि साउन ३१ गतेदेखि गर्ने निर्णय भएको थियो।

स्वास्थ्य मन्त्रालयले सबै प्रकारका परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयले र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको छ। त्यसको आधारमा मन्त्रालयले र केन्द्रले निर्णय गर्ने भएका छन्।