काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा रहेको नेविको बिस्कुटको कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ ।
बिहान २ बजेदेखि लागेको आगो हेलिकप्टरबाट पानी हाल्नेदेखि दमकलको प्रयोगपछि नियन्त्रणमा आएको हो । सिम्रिक एअरको हेलिकप्टर रानीपोखरी र माछापोखरीबाट पानी ओसार्दै आगो नियन्त्रण प्रयास गरेको थियो।
यसैगरी दमकल, प्रहरी र स्थानीयले पनि आगो नियन्त्रणमा खटेका थिए । अहिले आगलागी स्थलबाट धुँवा आउने क्रम रोकिएको छ । आगलागीबाट कारखानको एउटा भवनमा पुरै क्षति पुगेको छ ।
एक कामदारका अनुसार उक्त भवनमा बिस्कुटहरु धेरै स्टक थियो । आगो के कारणले लाग्यो कारण खुल्न सकेको छैन । आगलागीका कारण कति क्षति पुग्यो भन्ने विवरण पनि आउन सकेको छैन ।