logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाग्मती र प्रदेश १ मा भीषण वर्षाको सम्भावना


अंकुरण खबर
1.443K
Shares

आज बाग्मती र प्रदेश १ मा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले भीषण वर्षाको सम्भावना रहेको हो । आज देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

आज बिहान देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ।

दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बाग्मती प्रदेशको एक वा दुई स्थानमा भने मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाको आकलन छ।