स्वास्थ्य

कक्षा १२ को परीक्षाबारे १५ दिन अगाडि नै सूचना दिइने

कक्षा १२ को साउन ३१ गतेदेखि हुने भनिएको परीक्षा स्थगित गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार अब परीक्षा गर्दा १५ दिन अगाडि नै सूचना दिइनेछ। तर अब कहिले परीक्षा हुन्छ भन्ने तालिका भने प्रकाशित गरिएको छैन।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोरोना संकट व्यवस्थापन केन्द्रको समन्वयमा कम्तिमा १५ दिनको सूचना दिई परीक्षाको नयाँ समय तालिका प्रकाशन गरिने बोर्डले जानकारी दिएको छ।

बोर्डको शनिबारको बैठकले कक्षा १२ को परीक्षा हाललाई स्थगित गरेको थियो। साथै बोर्डले कोरोनाले गर्दा तोकिएको समयमा परीक्षा सञ्चालन गर्न सकेकोमा दुःख व्यक्तसमेत गरेको छ।

Comment here