सत्तारुढ गठबन्धनले सरकार संचालनका न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्न लागेको छ ।
आज बिहान १० बजेपछि गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो । त्यसलाई संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम नाम दिइएको छ ।
सत्तारुढ गठबन्धनको कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार गरेको थियो। कार्यदलले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो ।
त्यसमाथि शनिबार गठबन्धनको बैठकमा छलफल भएको थियो । बैठकमा सहभागी गठबन्धनका शीर्ष नेताहरुले आज प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेका थिए ।