logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज दिउँसो राष्ट्रियसभाको बैठक बस्दै, सरकारको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने


अंकुरण खबर
1.404K
Shares

आज राष्ट्रियसभाको बैठक बस्दैछ । आजको बैठकमा विभिन्न प्रतिवेदन तथा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

आइतबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सांसद भवनमा बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको आर्थिक वर्ष २०७६/०७७ को नेपाल सरकारको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री देउवाका तर्फबाट ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ र ‘लोक सेवा आयोग विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सचिवालयले जनाएको छ  ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले ‘विद्युत विधेयक, २०७७ प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची समेत रहेको बताइएको छ ।