logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रौतहटमा यात्रु चढेको गाडी दुर्घटना, एकको मृत्यु


अंकुरण खबर
1.352K
Shares

रौतहटको चन्द्रपुरमा बोलबमका यात्रु चढेको पिक अप भ्यान दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

सोमबार बिहान बागमती सिंचाइको नहरमा बोलेरो दुर्घटना भएको हो । दुर्घटना परी बाराको गढिमाईकी ४५ वर्षीया मीनादेवी कोइरीको मृत्यु भएको छ।

दुर्घटनामा पाँच जना घाइते भएका छन्। उनीहरुको चन्द्रपुरमा उपचार भइरहेको छ।

बाराको महागढीमाई नगरपालिकाबाट बोलबमका तीर्थालु बोकेर नुनथरमा रहेको बागमती नदीबाट जल बोक्न गएको ना ५ च ३१६६ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नहरमा खसेका १३ जनालाई प्रहरीले उद्धार गरेको छ। गाडीमा करीब २० जना यात्रु रहेको प्रहरीले जनाएको छ।