logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ


अंकुरण खबर
650
Shares

वडा प्रहरी कार्यालय वालिङ, स्याङ्जाले तास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ ।

आईतबार साँझ वालिङ नगरपालिका वडा नं. ९ क्याम्पसरोड स्थित रघुनाथ अर्यालको घरमा डेरा गरी बस्ने ख्याम बहादुर थापाको कोठामा तास खेलिरहेको भन्ने गोप्य सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले तास खेलिरहेका ११ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले थापाको कोठामा खानतलासी गर्दा ३५,९५०।– नगद, ४७६ पत्ती तास सहित नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी वढाएको छ ।